अमेरिकी राष्ट्रपति निर्वाचनमा बराक ओबामा बिजयी

२२ कार्तिक २०६९, बुधबार १०:०८ मा प्रकाशित

भर्जिनिया, २२ कात्तिक । भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको प्राप्त पछिल्लो परिणाम अनुसार राष्ट्रपति बराक ओबामा २७० भन्दा बढी इलोक्ट्रोल भोट प्राप्त गरि दोश्रो कार्यकालको लागि बिजयी भएका छन् । अर्थतन्त्र प्रमुख एजेण्डा रहेको निर्वाचनमा ओबामाले कुल ५ सय ३८ इलेक्ट्रोरल भोटमा ३ सय ३ मत ल्याएका थिए । रोमनीले अहिले २ सय ३ मत ल्याएका छन् ।
पछिल्लो आधा दशकको अमेरिकी राष्ट्रपतीय इतिहासमा दोस्रो कार्यकाल जित्ने बिल क्लिन्टनपछि ओबामा पहिलो डेमोक्रयाट् राष्ट्रपति  भएका छन् । ५१ बर्षअघि ह्‍वाइट राज्यको होलुलमा केन्याली बाबु र अमेरिकी आमाको सन्तानको रुपमा जन्मिएका ओबामाले मंगलबारको निर्वाचनमा पेन्सिभेनिया लगायत उत्तरी पूर्वी राज्यहरुमा महत्वपुर्ण जित हात पारे । क्यालिफोर्निया, ओरेगन, न्युयोर्क लगायत परम्परागत डेमोक्रयाट् राज्यहरुमा सहज जित हासिल गरेका ओबामालाई ओहायो, आइवा, विसकन्सिस, कोलोराडो जस्ता ुब्याटलग्राउण्डु राज्यमा सफलता मिल्यो । ओबामा प्रशासनको पहिलो कार्यकालको सबैभन्दा महत्वपूर्ण ठानिएको आठ सय बिलियन डलरको आर्थिक प्याकेजले अटो उद्योगलाई उकासेपछि ओहायो र मिचिगन राज्यमा ओबामालाई उल्लेखनिय सफलता हात परेको बताइएको छ । औद्यागिक र सहरी क्षेत्रमा रोमनीको तुलनामा बढी मत हासिल गरेका ओबामाको जितमा युवा, महिला, ल्याटिनो र अफ्रिकी मुलका अमेरिकीहरुको महत्वपुर्ण हात रह्‍यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार