एनओसीको बिबाद समाधान गर्न प्रधानमन्त्रीले ओसिएलाई पत्राचार गर्ने

२२ कार्तिक २०६९, बुधबार १०:०१ मा प्रकाशित

काठमाडौं, कात्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरिरहेको प्रयासभन्दा फरक सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र एसियाली ओलम्पिक कमिटी (ओसिए)लाई मनाएर विवाद समाधानमा अगाडि बढ्न प्रधानमन्त्रीले राखेपलाई सुझाव दिएका हुन् ।
‘अधिकार सम्पन्न आइओसीले एउटा कमिटीलाई मान्यता दिएको छ भने राज्यभित्रको सर्वोच्च अदालतले अर्कोलाई । यस्तो स्थितिमा राज्य हातखुट्टा भाँचिएभैँm भएको छ । वास्तवमै हामी चेपुवामा परेका छौँ,’ पेस्की फछ्र्योटका लागि गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन बुझाउन मंगलबार प्रधानमन्त्री कार्यालय पुगेको उक्त समितिका पदाधिकारी, राखेप सदस्य–सचिव युवराज लामासहित खेलाडी संघ, कर्मचारी संघका प्रतिनिधिसँग भेटघाट गर्दै राखेप संरक्षकसमेत रहेका प्रधानमन्त्री भट्टराईले भने, ‘यस्तो स्थितिमा हामी हस्तक्षेप गर्ने मनस्थितिमा छैनौँ । समस्या सामना गरेर समाधान गर्नुपर्ने स्थिति छ ।’
ओलम्पिक विवाद समाधानमा स्थिर नदेखिएको राखेप केही महिनाअघि सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन शाखाले निर्णय कार्यान्वयन भएको जानकारी पाउँm भनी पत्राचार गरेपछि अन्तर्राष्ट्रिय निकायलाई मिचेरै जाने भन्ने निष्कर्षमा पुगेको थियो । तर, सर्वोच्च अदालतद्वारा मान्यताप्राप्त भनिएको रुक्म शम्शेर राणा नेतृत्वको एनओसी सक्रिय हुन नसकेपछि विवाद समाधानको प्रक्रिया त्यत्तिकै अड्किएको छ । यसपछि राखेपको अप्रत्यक्ष नेतृत्वमा कर्मचारी संघ, खेलाडी संघ, ओलम्पियन संघलगायतले ध्रुव कमिटीविरुद्ध आन्दोलन गर्दै आएका छन् । २०६७ सालमा सर्वोच्च अदालतले रुक्म नेतृत्वको एनओसीलाई आधिकारिक भनेपछि नेपालमा दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा छन् ।
प्रधानमन्त्री डा. भट्टराईले ओलम्पिक विवाद क्यान्सरजस्तै बनिरहेको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिर झुकिरहेको बताए । ‘यो त राष्ट्रिय लज्जाको विषय बनेको छ । देशको शिर निहुरिएको छ । देशको प्रतिनिधि हुनुपर्नेमा ओलम्पिक कमिटी कुनै स्वार्थसिद्ध समूहमा सीमित भएको छ ।’ डा। भट्टराईले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी