नक्कली भारु दुई पक्राउ

२२ कार्तिक २०६९, बुधबार ०९:४८ मा प्रकाशित

वीरगन्ज, २२ कात्तिक । प्रहरीले बारा बडकी फुलबारियाबाट मंगलबार नक्कली भारतीय नोटसहित दुईलाई पक्राउ गरेको छ ।
दुई लाख ९३ हजार नक्कली भारतीय रकमसहित बारा दक्षिण झिटकैया–३ का इस महम्मद र चाँद महम्मदलाई पक्राउ गरिएको हो । पक्राउ परेका बाबुछोरा हुन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट असइ सिकेन्द्र साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले बड्की फुलबरियाको सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूका साथबाट एक हजारका दुई सय ९३ वटा नक्कली नोट बरामद गरिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । प्रहरीसँगको प्रारम्भिक बयानमा दुवैले आफूहरूलाई काठमाडौंमा एक भारतीयले भेटेर नोट भारत पुर्‍याइदिन भनेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना