सिमनामा नै पटका रोक्ने प्रहरीको तयारी

२२ कार्तिक २०६९, बुधबार ०९:४७ मा प्रकाशित

काठमाडौ, २२ कात्तिक । भारतीय प्रहरीको सहयोग लिएर नेपाल भारतको सिमनामा नै तिहारका बेला नेपाल आयात हुने पटका रोक्ने नेपाल प्रहरीले तयारी गरेको छ ।
काठमाडौ लगायत देशका प्राय सबै ठाउँमा भारतीय बजारबाटै पटका भित्रिने भएकाले सीमाक्षेत्र लक्षित गरी सुरक्षाजाँचमा कडाई समेत गरिने भएको हो ।
नेपाल भारत सीमामा आफ्नो क्षेत्र तर्फ सुरक्षा सक्रियता बढाउनुका साथै सीमावर्ती भारतीय समकक्षीसंग पटाका नेपाल भित्रिन नदिनका लागि समन्वय भइरहेको प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीले जानकारी दिए । भारतीय क्षेत्रमै जाँचमा कडाइ गरेमा नेपाल भित्रिन नपाउने भएकाले भारतीय प्रहरीलाई पनि यसका लागि आग्रह गरिएको उनको भनाई थियो ।
यस्तै सीमावर्ती नाका तथा काठमाडौ भित्रिने नाकाहरुमा अतिरिक्त टोली सहित जाँच तिव्र पारिएको छ । तराईका जिल्ला हुँदै नागढुंगा, फर्पिङबाट काठमाडौमा पटका धेरै भित्रिने सम्भावना भएकाले तालिम प्राप्त कुकुर सहितको टोली पनि खटाइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार नाकामा चेकजाँचका क्रममा ठूलो परिमाणमा पटाका बरामद गरिएको छ । ठूला प्रकृतिका विष्फोटक पदार्थ भने अहिलेसम्म फेला परेको छैन । त्यसको ओसारपसारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा समेत चलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार