सेना समायोजन नभई नयाँ संविधान बन्दैन : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल

९ चैत्र २०६८, बिहीबार २३:१७ मा प्रकाशित

पोखरा,९ चैत । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी लडाकु र हतियार संयोजनलाइ थाती राखेर संविधान बनाउने बिषयलाई मात्र प्राथमिकता दिन नहुने विचार ब्यक्त गर्नु भएको छ । नेता नेपालले संविधान ल्याउनुअगाडि माओवादीलाई सेना र हतियारविहीन पार्नुपर्ने समेत बताउनु भएको छ । नेता नेपालले भन्नु भयो ‘माओवादी लडाकु सेनामा समायोजन हुन ढिलाई भएमा जेठ १४ मा संविधान जारी नहुन पनि सक्छ’, उहाँले अगाडी भन्नु भयो माओवादी लडाकु र हतियारको समाधानलाई पहिलो प्राथमिकता दिनुपर्छ। माओवादीको लडाकु र हतियारविहीनता नै मुख्य सर्त पर्छा उहाँको भनाई थियो। माओवादीसँग हतियार र लडाकु हुँदाहुँदै पनि संविधान सभाको निर्वाचनमा गएर पहिले नै गल्ती गरियको भन्दै नेता नेपालले आफूहरुबाट भएको बलको आत्मालोचनासमेत गर्नु भयो । नेता नेपालले ‘माओवादी शिविरमा हुँदाहुँदै संसद र सरकारमा ल्याएर हामीहरुले पहिलो गल्ती गरिसकेका छौं’, पोखरामा बिहीबार स्थानीय निकाय कर्मचारी सङ्घको अधिवेशन उद्‍घाटन गर्दै उहाँले अगाडी जोड दिनु भयो आइन्दा यस्तो गल्ती कुनै हालतमा गर्नुहुँदैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल