प्रचण्डको चिन्ता बेग्लै

२२ कार्तिक २०६९, बुधबार ०९:२६ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । पार्टी सम्पत्तिको बाँडफाँडसम्बन्धी विषयमा कुरा गर्न पुगेका माओवादी नेता मोहन वैद्य किरणलाई एमाओवादी अध्यक्ष प्रचण्डले बारम्बार प्रश्न गरे– ‘राष्ट्रपतिले कदम चालेमा तपाईंहरूले समर्थन गर्ने हो ?’ पार्टी छुट्टिएपछि दुई पक्षबीच जिल्ला, राज्य र केन्द्रीय समितिमा विभाजनअघि रहेको सङ्ख्यात्मक हैसियतका आधारमा पार्टी सम्पत्ति बाँडफाँड गर्ने सहमति भएको थियो । त्यसअनुसार केन्द्रमा माओवादीले तीस प्रतिशत मात्र प्राप्त गर्ने भए पनि राज्य र जिल्ला तहमा भने पचास प्रतिशत र सोभन्दा बढी सम्पत्ति हात पार्ने स्थिति देखिएको छ । सहमतिअनुरूप पाल्पा जिल्लामा सम्पत्तिको हिसाब गर्दा जम्मा डेढ करोडको सम्पत्ति देखियो र एमाओवादीले माओवादीलाई पचहत्तर लाख रुपैयाँ बुझाउनुपर्ने भयो । तर, हिसाब गरेपछि एमाओवादीले उक्त रकम दिन
आनाकानी ग¥यो । यसै विषयलाई लिएर जिल्लामा तनाव उत्पन्न हुने भएपछि एमाओवादी नेतृत्व पैसा दिनुको सट्टा माओवादीलाई प्रहरी–प्रशासन लगाएर तह लगाउनेतर्फ अघि बढ्यो । यही विषयलाई लिएर गत साता मोहन वैद्य किरण प्रचण्डसँग छलफल गर्न उहाँको लाजिम्पाटस्थित निवासस्थानमा पुग्नुभएको थियो । यसरी सम्पत्ति बाँडफाँडको बारेमा कुरा भइरहँदा प्रचण्डले पटक–पटक वैद्यलाई सोध्नुभयो– ‘तपाईंहरूको साथ राष्ट्रपतिलाई हुन्छ कि हुँदैन ?’ करिब एक घन्टाको वार्तालापका क्रममा प्रचण्डले पाँचपटक उक्त प्रश्न गर्नुभयो तर वैद्यले ‘अहिले यस विषयमा कुरा नगरौँ’ भनेर पन्छाइरहनुभयो । प्रचण्डलाई स्पष्ट जवाफ दिएर वैद्यले उहाँलाई खेल्ने मौका दिन चाहनुभएन । स्मरणीय छ, प्रचण्डमा नेकपा–माओवादीले राष्ट्रपतिलाई साथ दिने हो कि भन्ने चिन्ता व्याप्त देखिएको छ र वैद्य पक्षले साथ दिएमा राष्ट्रपति बलियो बन्न सक्ने उहाँको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका