विदेशमा रहेका नेपालीले चुनावमा पनि मतदान गर्न नपाउने

२२ कार्तिक २०६९, बुधबार ०८:५३ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । रोजगारीका क्रममा विदेशमा रहेका नेपाली नागरिकले आगामी चुनावमा आफ्नो दिन नपाउने भएका छन् । आयोगले गठन गरेको कार्यदलले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागि गराउँदा थुप्रै समस्या हुने देखिएको भन्दै तत्काल मतदान प्रकृयामा सहभागी गराउन नसकिने सुझाव दिएको थियो । त्यही सुझावपछि विदेशमा रहेका नेपाली नागरिक मतदान प्रक्रियामा सहभागि नहुने भएको आयोगले जानकारी दिएको हो  ।
निर्वाचन आयोगले पाँच वर्षे रणनीतिक योजना बनाएर ओभर सी भोटिङ गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्ग र अयोधी प्रसाद यादव तथा आयोगका तत्कालीन सहसचिव शारदा प्रसाद त्रितालको नेतृत्वको टोलीले थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा गरेको अध्ययनले अहिले भोट दिलाउन सम्भव नभएको ठहर गरेको हो ।
आयोगका सचिव ज्ञानदर्शन उदासको नेतृत्वमा परराष्ट र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीको कार्यदलले पनि सैद्धान्तिक, नीतिगत र व्यवहारिक रुपमा विदेशमा रहेका नेपालीलाई अहिले मतदान प्रकृयामा सहभागि गराउन नसकिने निष्कर्ष सहित आयोगलाई सुझाव दिएको छ । निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्गले सुझाव आएका र आयोगले अध्ययन गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत