भ्रष्ट भाञ्जालाई जोगाउन मामा मुक्ति सक्रिय

२२ कार्तिक २०६९, बुधबार ०८:४५ मा प्रकाशित

काठमाडौं, २२ कत्तिक । नेपाल प्रहरीमा सबैभन्दा धनी अधिकृतका रूपमा चिनिएका एसएसपी रविराज श्रेष्ठ तस्करी अभियोगमा प्रहरी सङ्गठनबाट निलम्बित भएपछि उनलाई जोगाउन महान्यायाधिवक्ता मुक्ति प्रधान सक्रिय हुनुभएको जानकारी प्राप्त भएको छ । वामदेव गौतम गृहमन्त्री हुँदा विमानस्थलबाट प्रहरीकै गाडीमा तस्करीको सुन राखी तस्करसम्म पु¥याउनेसम्मको काम गरेर बदनाम भएका रविराजलाई केही भ्रष्ट राजनीतिकर्मीहरूले संरक्षण गरी एसएसपी तहसम्म पु¥याएका थिए । इन्स्पेक्टरदेखि एसएसपीसम्म पुग्दा श्रेष्ठले डेढ अर्बभन्दा बढीको सम्पत्ति आर्जन गर्न सफल भएको अनुमान उनकै सहकर्मीहरूको छ । कोटेश्वरस्थित करोडौँ लगानी गरेर बनाएको आफ्नो बंगलामा
श्रेष्ठले एउटै बाथरुम बनाउन एक्काइस लाख खर्च गरेको बताइन्छ । विमानस्थलमा यसपालि चौथोपटक सरुवा भई गएका रविराज श्रेष्ठले त्यहाँ पुग्नेबित्तिकै तस्करी धन्दा सुरु गरेका थिए । विदेशी मुद्रा अवैध रूपमा लुकाई लैजान लागेको अवस्थामा फेला परेपछि त्यसमा रविराजको संलग्नता रहेको पुष्टि भएको थियो । एआईजीपी भीष्म प्रसाईंको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानपश्चात् तस्करीमा रविराजको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भेटेपछि सङ्गठनबाट उनी निष्कासित भएका थिए । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतबाट निर्णय हुन बाँकी नै छ । तर, महान्यायाधिवक्ता मुक्ति प्रधान भने रविराजलाई जोगाउन ज्यान फालेर लागिपरेका छन् । रविराज श्रेष्ठ नातामा मुक्ति प्रधानको भाञ्जा पर्ने भएकोले र बेलाबखतमा उनीबाट आर्थिक लाभ पनि प्राप्त गर्ने गरेकोले प्रधान यसरी श्रेष्ठलाई जोगाउन सक्रिय भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले