कडा प्रतिष्पर्धा बीच अमेरिकामा राष्ट्रपति निर्बाचनको मतदान हुदै

२१ कार्तिक २०६९, मंगलवार २०:३९ मा प्रकाशित

भर्जिनिया, २१ कात्तिक । आज मंगलबार अमेरिकी जनताले राष्ट्रपति चयन गर्ने प्रक्रिया अन्तर्गत पुर्बी क्षेत्रका राज्यहरुमा बिहान ७ बजे देखि मतदान सुरु भएको छ । तर पूर्वी क्षत्रकै न्युयोर्कमा भने बिहान ६ बजे मतदान सुरु भै राति ९ बजे सम्म जारी रहने छ । राष्ट्रपति पदका दुवै उम्मेदबार डेमोक्र्याटबराक ओबामा र रिपब्लिकन मिट रोमनी निर्बाचनको अघिल्लो दिन सम्म आफ्नो बिजय सुनिश्चित गर्न जोड तोडले प्रचार मात्र गरेनन एक अर्काको कडा आलोचना गरन समेत पछी परेनन् । सोमवार रोमनीले फ्लोरिडा, भर्जिनिया न्यू हैम्पशायर र ओहायोको चुनाब प्रचारमा आफ्नो ध्यान केन्द्रित गरे भने ओबामाले ओहायोमा आफुलाई केन्द्रित गरे । जारी गरिएका एक दर्जन भन्दा बढी मत सर्वेक्षणहरुले दुई उम्मेदबार बीच कडा प्रतिष्पर्धा रहेको बताए जस्तै झिनो मतान्तरमा हुने हार जितको अनुमान गर्न कठिन देखिएको छ । यद्यपी महत्वपूर्ण मानिएका मुख्य नौ राज्यहरुमा ओबामाको पक्षमा जनमत बढेको दावी गरिएको छ । अमेरिकाको चुनावी इतिहाँस केलाउने हो भने ५० राज्य रहेको यो देशका मतदाताले कसलाई मत दिदै छन् भने कुरा मतदान अघिनै जानकारी हुने हुदाँ बिजयको आंकलन लगाउन सजिलो हुने गर्छ । यसका अतिरिक्त उम्मेदबारहरुलाई आफ्नो चुनावी रणनीति परिवर्तन गर्न पनि सजिलो हुने गर्छ । बिशेष गरि अमेरिकाको उत्तर, पूर्व र पश्चिमी राज्यहरु डेमोक्र्याटको आधार क्षेत्र मानिन्छ जहाँ १८६ इलोक्ट्रोल भोट रहेको छ । यसै गरि दक्षिण र मध्य पश्चिमी राज्य रिपब्लिकन पार्टीको आधार मानिन्छ जहाँ १८६ इलोक्ट्रोल भोट रहेको छ । तर राष्ट्रपति निर्वाचित हुन २७० इलोक्ट्रोल मत आवश्यक पर्छ जसको कारण चुनावी परिणामलाई साना राज्यहरुले ठुलो भूमिका निर्बाह गर्ने गर्दछ । कोलोराडो, फ्लोरिडा, ओहायो लगायतका १३ राज्यको अहिले सम्म मतदाताको रुझान स्पष्ट हुन नसकेको कारण अन्तिम अवस्थामा कसको पल्ला भरि हुन्छ यसै बहाना सकिन्न । यी रझारुलाई पर्पल स्टेट भनिन्छ जहाँ १६१ इलोक्ट्रोल भोट रहेको छ । यस पटक पनि उम्मेदबारहरु कडा चुनावी प्रतिष्पर्धाको कारण यिनै राज्यहरुमा केन्द्रित रहे । दुवै उम्मेदवारको सोमबारका सबै कार्यक्रम यिनै राज्यहरुमा केन्द्रित रहेका थिए । स्मरण रहोस यी राज्यका एक तिहाई मतदाताले निर्बाचनको दिन अघिनै मतदान गरि सकेका छन् । यति बेला सवैको ध्यान राष्ट्रपति चुनाव तर्फ केन्द्रित छ तर यो निर्वाचनमा ३३ सिनेटर र ११ राज्यको गवर्नर समेत चयन हुदै छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार