प्रधान मन्त्रीले राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याइने : रामशरण महत

९ चैत्र २०६८, बिहीबार २३:१४ मा प्रकाशित

काठमाडौ, ९ चैत । काँग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधान मन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा दिएर सहमतिको प्रयास नगरे अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिनु भएको छ । महतले सरकरको दिनगन्ती सुरु भइसकेको भन्दै इतिहासकै सबैभन्दा भ्रष्ट भट्टराई सरकार छिटो नढाले मुलुककै बेइज्जत हुने दाबीसमेत गर्नु भयो ।
उहाँले बाहिर हल्ला गरिएजस्तो वास्तविकरुपमा शान्ति प्रक्रिया अगाडि बढ्न नसकेको दावी गर्दै शान्ति प्रक्रिया अगाडि नबढेसम्म संविधान निर्माण कार्य पनि अगाडि बढ्न नसक्ने स्पष्ट पर्नु भयो । माओवादीले सात बुँदे सहमतिअनुसार अगाडि बढ्न नसके शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्न नसक्ने ठोकुवासमेत गर्नु भयो ।
राजधानीमा आयोजित साक्षात्कारमा काँग्रेस नेता महतले भन्नु भयो सात बुँदेअनुसार अगाडि बढे सहज ढङ्गले शान्ति र संविधान निर्माण कार्य निष्कर्षमा पुग्छ। राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित हुनुलाई राम्रो सङ्केत भन्दै महतले शान्ति प्रक्रिया निष्कर्षमा नपुगी महासचिव नेपाल आउन नहुने तर्क पेश गर्नु भयो । नेता महतले पश्चिम सेती जलविद्युत् परियोजना नेपालको लागि अती आवश्यक भएकाले यसलाई नबिथोल्न आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई