चुरे क्षेत्रको संरक्षणले सफलता पाउन सकेनः राष्ट्रपति

२१ कार्तिक २०६९, मंगलवार १९:५७ मा प्रकाशित

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले चुरे क्षेत्रको संरक्षण गरी एकीकृत विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले अपेक्षित सफलता पाउन नसकेको गुनासो गरेको छन् ।
सामाजिक संवादका लागि ऐक्यबद्धता र सत्याग्रह नामक संस्थाको अग्रसरतामा चुरे क्षेत्रको संरक्षणका विषयमा अन्तसंवाद गर्न राष्ट्रपति कार्यालयमा पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति डा। यादवले राजनीतिक अस्थिरताको कारण देशका ६० प्रतिशत जनसङ्ख्या बसोवास गर्ने चुरे र तराईका जनताको जीवन पद्धतिसँग प्रत्यक्ष जोडिएको चुरे क्षेत्रको संरक्षणमा ठोस उपलब्धि हुन नसकेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
चुरे क्षेत्रको संरक्षणका लागि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पहल गर्न आफूले आग्रह गरेकामा सरकारले यसको महत्वलाई बुझी उच्च प्राथमिकताका साथ राष्ट्रपतिको पद जोडेर कार्यक्रम ल्यायो तर कार्यान्वयन गर्ने निकायहरुबाट ठोस पहल हुन नसक्दा कार्यक्रमले आशातीत उपलब्धि हासिल गर्न सकेन, उनले थपे । प्राकृतिक सम्पदाले सम्पन्न भएर पनि उचित संरक्षणको अभाव र दिगो विकास हुन नसक्दा पहाड र मधेसलाई जोड्ने चुरे क्षेत्रको अवस्था दिन प्र्रतिदिन बिग्रंदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका