अबैध हतियार सहित दुई पक्राउ

२१ कार्तिक २०६९, मंगलवार १९:५१ मा प्रकाशित

रौतहट, २१ कात्तिक । रौतहटको सरमुजवा गाँउ नजिकै प्रहरीले अबैध हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बसन्तपटी–५ का ४५ वर्षीय छोटेलाल साह कानु र तेजापाकड–३ का ३० वर्षीय जगरनाथ महतो नुनिया रहेका छन् । बाह्र बोरको नलकटुवा पेस्तोल एक थान तथा सो को पाँच राउण्ड गोलीसहित उनीहरुलाई आज विहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये छोटेलाल साह डाँका मुद्दामा ४ बर्ष १ महिना १५ दिन थुनामा बसेर निस्किएका हुन् । उनी भदौ–६ गते राती जयनगर–७ बस्ने बर्ष ५५ की रेहना खातुनलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा