राष्ट्रपतिलाई बजेट रोक्ने अधिकार छैन, रोके मुलुकमा ठुलो दुर्घटना पर्छः पौडेल

२१ कार्तिक २०६९, मंगलवार १८:४९ मा प्रकाशित

काठमाडौ, २१ कात्तिक । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले सरकारले तयारी गरेको बजेट राष्ट्रपतिलाई बजेट रोक्ने अधिकार नभएको भन्दै बजेट रोके मुलुकमा ठुलो दुर्घटना पर्ने चेतावनी दिएका छन् ।
मंगलबार राजधानीमा गरेको साक्षात्कारमा बोल्दै उनले मंसिर मसान्त भित्रमै संविधानसभामा प्रतिनिधित्व गर्ने बहुमत दल र उद्योगी ब्यवसायीहरु सहित प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्ण बजेट राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने जानकारी दिदै त्यसलाई राष्ट्रपतिले रोक मुलुकमा भयंकर दुर्घटना हुने चेतावनी दिएका हुन ।
उनले सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रमहरु पनि सहभागी हुने जानकारी दिदै प्रधानमन्त्री भट्टराई अर्थमन्त्री हुँदा सुरु गरेको नयाँ कार्यक्रमहरुलाई पनि बजेटमा निरन्तरता दिईने स्पष्ट पारे । पौडेलले थपे–अहिलेको प्रधानमन्त्रीले बजेट ल्याउनै पाउनु भएको छैन । त्यसैले पनि नयाँ कार्यक्रमहरु राखिन्छ ।
अहिलेको सरकार हटाएर नयाँ सरकार निर्माण गर्ने बैद्यानिक बाटो नभएकोले राष्ट्रपतिले प्रधानमन्त्री हटाउनै नसक्ने ठोकुवा गर्दै पौडेलले प्रधानमन्त्री नरहे राष्ट्रपति पनि नरहने चेतावनी दिए । उनले दलहरुवीच सहमति नभएसम्म प्रधानमन्त्री डा बाबुराम भट्टराईले कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पार्दै पुनःस्थापना मार्फत संविधान घोषणा गरेर अघि बढ्ने भए प्रधानमन्त्री राजिनामा दिन तयार रहेको बताए । अन्यथा बाबुराम भट्टराईकै नेतृत्वमा सहभागी भएर निर्वाचनमा जानु पर्ने उनको तर्क थियो ।
पौडेलले संविधानसभा, संसद, राष्ट्रपति र स्थानीय निकाय सहित चार वटा निर्वाचन एकै पटक गर्नु पर्ने आवश्यकता समेत औल्याए । नेपाली काग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुङगानाले सहमति विना अहिले बजेट आउनै नसक्ने ठोकुवा गर्दै सर्वसत्ताबादी ढंगले अघि बढ्न खोजे त्यसको विरुद्ध काग्रेस जस्तो सुकै बलिदानी दिन तयार रहेको चेतावनी दिए ।
उनले काग्रेसलाई सरकार र माओवादीलो योजना बद्ध रुपमा आन्दोलनमा जान बाध्य पारेको दावी गर्दै कार्तिक २४ गते बसन्तपुरबाट सुरु हुने जनप्रर्दशनलाई  कमजोर नठान्न चेतावनी दिए ।
निर्वाचन गराउन नसकेको असफल र संविधानसभा विघठन गरेर संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहनामाथि कुठाराघात गरेकोले पनि प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व स्विकार्न नसकिने स्पष्ट पार्दै सहमतिकोलागी प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने जिकिर गरे ।
मुलुकमा शान्ति र संविधान आउन नसकेकोमा सबै नेपाली नागरिक चिन्तीत भएको अवस्थामा राष्ट्रपतिले चिन्ता ब्यक्त गर्नु स्वभाविक भएको भन्दै ढुङगानाले राष्ट्रपतिले नेपाली जनताको ईच्छा अनुसार  संविधान अनुसार आफ्नो कर्तब्य निर्वाह गर्नु पर्ने जिकिर गरे । यद्यपि उनले राष्ट्रपतिले कु गरेर सत्ता हातमा लिने विषयलाई भने अस्विकार गरे ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले पूर्ण बजेट ल्याउने स्पष्ट पार्दै राष्ट्रपतिले त्यसलाई रोक आन्दोलनमा जाने चेतावनी दिए ।
उनले राष्ट्रपतिले सहमतिकोलागी भन्दै नेताहरुलाई बोलाएर चिया ख्वाएर पठाएको भन्दै राष्ट्रपतिल भूमिका निर्वाह गर्ने भए दलहरुलाई बोलाएर मध्यस्तको भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिए ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई कसैको कृपाबाट नभई संसदबाट प्रधानमन्त्री बनेको राष्ट्रपतिले कुनै पनि हालतमा प्रधानमन्त्री हटाउन नसक्ने यद्यपि हटाए राष्ट्रपति पनि नरहने चेतावनी दिए ।
प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न राष्ट्रपतिको विरोध गर्ने  काग्रेस र एमालेले आफ्नो सत्ता स्वार्थकोलागी राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेको आरोप लगाउँदै राष्ट्रपतिको कृपाबाट सत्ता प्राप्त गर्ने दाउमा उनीहरु रहेको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।