सहमति विपरीतको बजेट स्विकारिन्न: काँग्रेस–एमाले

२१ कार्तिक २०६९, मंगलवार १८:४१ मा प्रकाशित

काठमाडौं, २१ कात्तिक । दलिय सहमित विपरित सरकारले ल्याएको बजेट नस्वीकार्ने काँग्रेस–एमालेको संयुक्त बैठकले निर्णय गरेको छ ।
आज साँझ एमाले मुख्यल बल्खुमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दलिय सहमति नजुटाई ल्याएको बजेट स्वीकृत नगर्नका लागि राष्ट्रपति डा. रामबरण यादव समक्ष लिखित आग्रह गर्ने समेत निर्णय गरेको छ । साथै उनीहरुले सहमतिबिना सरकारले ल्याउने बजेटलाई अस्वीकार गर्दै एमाओवादीको एकलौटी शासन सत्ता चलाउने शैलीविरुद्ध सशक्त आन्दोलनमा जाने निर्णय पनि गरेका छन् ।
त्यसका लागि यही यही काक्तिक २३ गते नेपाली काँग्रेसको मुख्यलय कार्यालयमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसी थप निर्णय गर्ने निर्णय समेत गरेका छन् । बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस नेता शेरबहादुर देउवाले प्रतिपक्षी दलहरुले आन्दोलनमा जाने निर्णय गरेको र अन्य दलरुसँग छलफल गरेर थप कार्यक्रमको टुङगो लगाइने जानकारी दिए ।
नेकपा (एमाले) का नेता रघु पन्तले पनि राष्ट्रिय सहमतिबिना वर्तमान सरकारले ल्याउने बजेट समर्थन गर्न सकिँदैन भन्दै बजेट अध्यादेशलाई राष्ट्रपतिले स्वीकार गर्ने कुरा आउँदैन भने । उनले यो सरकारले ल्याउने बजेट सहमति र संविधानविपरीत हुन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए ।
बजेट अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुपर्छ र राष्ट्रपतिसँग भेटेर कुरा  स्पष्ट राख्नुपर्नेमा प्रतिपक्षीहरुको बैठकमा छलफल भएको छ, यो सरकारले बजेट ल्याउन सक्दैन दलहरुको सहमतिबिना र त्यस्तो बजेट अध्यादेशलाई स्वीकार गर्न सकिँदैन किनकी यो कामचलाउ सरकार हो, नेता पन्तले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको