सरकारले राष्ट्रिय स्वाधिनता ध्वस्त पारिहरेको छः गुरुङ

२१ कार्तिक २०६९, मंगलवार १५:१८ मा प्रकाशित

चितवन, २१ कात्तिक । सरकारले नेपालको राष्ट्रिय स्वाधिनता ध्वस्त बनाएको नेकपा–माओवादीका सचिव देव गुरुङले आरोप लगाएका छन् ।
अखिल नेपाल शिक्षक संगठन नेपालले मंगलबार चितवनमा गरेको पेशागत हक सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सचिव गुरुङले यस्तो बताएका हुन् । उनले राष्ट्रिता जोगाउन अहिलेको सरकार सत्ताबाट हट्नुपर्नेमा जोड दिदै भने, ‘बाबुराम भट्टराई नेतृत्वको सरकारलाई साम्राज्यवादीको प्रलोभनमा रहेको आरोपको छ ।’
उनले सरकारका मन्त्री र सरकारी अधिकारी नै साम्राज्यवादको प्रलोभनमा राष्ट्रिय हितविपरित कार्य गरेको आरोप लगाएका । नेपालका दलाल, नोकरशाही, साम्राज्यवादी तथा पुँजीपतिहरुले विदेशी हस्तक्षेपलाई बढावा दिइरहेको उनको थप आरोप थियो । देशमा गणतन्त्र आएपनि संस्थागत नभइसकेकाले नयाँ जनवादबाटै त्यो संस्थागत हुने उनको भनाई थियो । उनले राष्ट्रिय स्वाधिनताका विरोधमा लागेकाहरु विरुद्धमा पार्टीको केन्द्रीय महाधिवेशनपछि आन्दोलन चर्काउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण