कस्तुरीको बिनासहित एक पक्राउ

२१ कार्तिक २०६९, मंगलवार १४:४४ मा प्रकाशित

प्यूठान, २१ कात्तिक । कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले स्याउलीवाङ–१ का नरबहादुर पुनलाई पक्राउ गरेको छ । पुनलाई कस्तुरीको बिना २ तोला ६१ लाल सहित खवाङ–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुङ बाहानेले जनाएको छ ।

बन मुद्दा अन्तर्गत छानविनका लागि पुनको फाइल जिल्ला वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव निरीक्षक रामबहादुर महतराले बताए ।
कस्तुरको बिना ओसार पसार तथा विक्री वितरण गर्नु कानुन विपरितको काम हो । यस्तै काम गर्नेलाई बन ऐन अन्तर्गत ५ देखि १५ वर्ष कैद सजाय र २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।
यसैबीच यता राधानीमा एक युवतीको लास भेटिएको छ । राजधानीको धापासिमा भेटिएको युवतीमा सव बारे प्रहरीले अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर