सहमति गरेर मात्र बजेट ल्याउ : कोइराला

२१ कार्तिक २०६९, मंगलवार १२:३१ मा प्रकाशित

काठमाडौ, २१ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइराले सहमति गरेर मात्र बजेट ल्याउन अर्थ मन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् । बजेटका विषयमा सहमति लिन कोइराला निवास महाराजगञ्जमा आज विहान पुगेका अर्थमन्त्री पुनसंगको भेटमा सभापति कोइरालाले यस्तो बताएका हुन् ।
भेटवार्तामा अर्थमन्त्री पुनले राजनीतिक सहमति जुटाएर बजेट ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । मुलुक चुनावमा जाने निश्चित भएकाले सभापति कोइरालासँग अन्य राजनीतिक विषयमा पनि छलफल भएको अर्थमन्त्री पुनले जानकारी दिए ।
देश राजनीतिक सङ्क्रमणबाट गुज्रेको बेला आर्थिक सङ्कट पनि बढेर तलबभत्ता दिन नसक्ने अवस्था आउने भएकाले यस्तोे अप्ठायारो बुझिदिन आग्रह गरेको पुनको भनाई थियो । भेटमा सहभागी काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सहमतिको राजनीतिलाई बिगार्ने गरी बजेट नल्याउन सभापति कोइरालाले अर्थमन्त्रीलाई भन्नुभएको जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य रिजालले सहमतिका साथ निर्वाचनमा जाने कुरा भइरहेको बेला बजेटकै कारण दलहरुका बीचमा बन्ला कि भन्ने विश्वासको वातावरणलाई अविश्वास, द्वन्द्व र सङकट बढाउने गरी काम नगर्न पनि सभापति कोइरालाले अर्थमन्त्रीलाई भन्नुभएको पनि जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार