चैत्र १४ गते सचिवालयले समायोजनको कार्ययोजना ल्याउने, सात बुँदे अनुसार नै समायोजना थालिने

९ चैत्र २०६८, बिहीबार २०:१६ मा प्रकाशित

काठमाडौ, ९ चैत । सेना समायोजन विशेष समितिले सात बुँदे सहमति अनुसारनै समायोजनको कार्य अगाडि बढाउन आगामि चैत्र १४ गते कार्ययोजना प्रस्तुत गर्न सचिवालयलाई निर्देशन दिएको छ ।
आज बसेको विशेष समितिको बैठकले समायोजनको प्रकृया, मोडालिटि र दर्जाको विषयमा ठोस कार्ययोजना सात बुँदे सहमति अनुसार नै तयार पारेर प्रस्तुत गर्न निर्देशन दिएको मुख्य सचिव माधवप्रसाद घिमिरेले जानकारी दिए ।
बैठकले समायोजन रोजेका झण्डै साढे नौ हजार लडाकुलाई फेरि एक पटक स्वेच्छिक अवकास र पुर्नस्थापना रोज्ने अवसर दिने निर्णय पनि गरेको छ । सात बुँदे सहमति अनुसार ६ हजार ५ सय लडाकुको मात्रै समायोजन हुने भएकोले फेरि अवसर रोज्ने मौका दिईएको एमाले नेता भीम रावलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ