मिस नेपाल अष्ट्रेलिया बनिन् दिपाश्री

२१ कार्तिक २०६९, मंगलवार १०:३५ मा प्रकाशित

मिस नेपाल अष्ट्रेलिया दिपाश्री शाहलेप्रतियोगितामा प्रथम भई प्राप्त गरेको रकम मध्ये व्यक्तिगत तर्फबाट १५ सय अष्ट्रेलियन डलर नेपाल स्थित मदर नेपाल फाउण्डेसनलाई डोनेट गरेकी छिन् । अष्ट्रेलियामा सम्पन्न युनाईटेड नेप्लिज आर्चिन इन्टरटेन्टद्धारा आयोजित मिस नेपाल अष्ट्रेलियाको ताज दिपाश्री शाहले पहिरिन सफल भएकी हुन् ।

अष्ट्रेलिया पढ्न गएकी उनले सोसियोलोजीमा स्नातक तह सकेकी छिन् भने स्नातोकोत्तर समेत गरिसकेकी उनी आफ्नै काममा व्यस्त रहेको बताईन् । सानै उमेरदेखि समाज सेवा मन पर्ने उनले पढाई र काम पनि समाजसेवीकै गरेको बताईन् । स्कुले जीवनदेखि नै समाजसेवामा तल्लिन रहने दिपाश्रीले हरेक तवरले समाजसेवा गर्न सकिने बताईन् ।

दशैंको मौकामा नेपाल आएकी उनले परिवारलाई पनि भेट्ने र च्यारिटि पनि गर्ने उद्देश्यले आफै नेपाल आएको बताईन् । आफू जहाँ रहेता पनि पहिला नेपाली भएको बताउने दिपाश्रीले नेपालीलाई कसैले केहि भन्दा रिस उठ्ने बताईन् । विदेशमा रहेर पनि मिस नेपाल अष्ट्रेलियाको ताज लगाएकोमा आफू खुसी भएको बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा