राष्ट्रपति ओबामाको निरन्तरता कि ! मिट रम्निको ह्वाइट हाउस प्रवेश आज फैसला हुँदै

२१ कार्तिक २०६९, मंगलवार १०:१० मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, २१ कार्तिक । महिनौ लामो चुनाबी दौड अबको केहि घन्टामै समाप्त हुदै छ । अर्थात् बहु प्रतिक्षित अमेरिकी राष्ट्रपतिको निर्वाचनको अन्तिम दिन आज मंगलबार अमेरिकी समय अनुसार साँझ ७ बजे ह्वाइट हाउसमा डेमोक्र्याट राष्ट्रपति बराक ओबामाको निरन्तरता कि रिपब्लिकन मिट रम्निको प्रवेश अमेरिकी मतदाताहरुले फैसला गरि सकेका हुने छन् । आजै मंगलबार अमेरिकी जनताले बहालवाला राष्ट्रपति बाराक ओबामा वा रिपब्लिकन मिट रम्नी मध्य एकलाई अमेरिकी राष्ट्रपति पदमा आगामी ४ बर्षे कार्यकालको लागि निर्वाचित समेत गरि सकेका हुने छन् । डेमोक्र्याट वा रिपब्लिकन समर्थक राज्यलाई छोड्ने हो भने ब्याटल ग्राउन्ड स्टेटमा ओबामा र रम्नी बीच कडा प्रतिष्पर्धा रहेको छ । भनिन्छ ब्याटल ग्राउन्ड स्टेटनै हार जितको फैसला गर्ने निर्णायक मत हुन् । सोमबार जारी पछिल्लो प्यू रिसर्च सेंटरको जनमत सर्वेक्षणले राष्ट्रपति ओबामा रोम्नी भन्दा अगाडी रहेको बताइएको छ । प्यू रिसर्च सेंटरको सर्वेक्षणले ओबामाको पक्षमा ४८ र रोम्नीको पक्षमा ४५ प्रतिशत मतदाताको समर्थन रहेको बताएको छ । सर्वेक्षण अनुसार, निर्णय गरि नसकेका मतदाताले अन्त्यमा ओबामालाइनै समर्थन गर्ने छन् । प्यूको सर्वेक्षणमा भनिएको छ, ‘हाम्रो अनुमान अनुसार मंगलबारको निर्बाचनमा ओबाले ५० प्रतिशत र रोम्नीले ४७ प्रतिशत पपुलर भोट प्राप्त गर्ने छन् ।’ दुइ दिन अघि सम्म दुवै उम्मेदवारलाई ४७ प्रतिशत हाराहारीमा मत मिल्ने सर्वेक्षण परिणाम सार्वजनिक भएका थिए । तर सीएनएनको ताजा सर्वेक्षणले दुवै उम्मेदबारलाई ४९ -४९ प्रतिशत समर्थन रहेको बताएको छ । यसै गरि सी-भोटर नामको संस्थाले गरेको सर्वेक्षणले राष्ट्रपति बाराक ओबामालाई ४९ प्रतिशत र रोम्नीलाई ४८ प्रतिशत मत मिल्ने दावी गरेको छ । एनबीसी न्युज र वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणले राष्ट्रपति बाराक ओबामालाई ४८ प्रतिशत र रोम्नी ४७ प्रतिशत मत मिल्ने दावी गरेको छ । बन्द मत पेटिका भित्रको सर्वेक्षणमा जे जस्तो नतिजा सार्वजनिक गरिएको भएपनि अमेरिकी जनताले चुनेको नयाँ राष्ट्रपति रिपब्लिकन मिट रोम्नि हुनकी ओबामाको निरन्तरता आज मंगलबार साँझ यो बहु प्रतिक्षित कौतुहलताको जवाफ मिल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१