टेक्सासमा कबि गोष्ठी सम्पन्न

२१ कार्तिक २०६९, मंगलवार ०६:५४ मा प्रकाशित

बिकाश राज न्यौपाने, टेक्सास । अमेरिकाको टेक्सास राज्य स्थित, डल्लास लाइन्स क्लबले नोवेम्बर ४ तारिख आईतवारका दिन दशैँ तिहारको शुभकामना आदान प्रदान गर्न र नेपाली भाषा एवं साहित्यमा अभिरुचि राख्नेहरुका बिच सिर्जनात्मक ब्यक्तित्व बिकास गराउने उद्देश्यले प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना सम्पन्न गर्‍यो । दर्जनौ सर्जकहरु सम्मिलित उक्त कबि गोष्ठीमा सर्व श्री विप्लव प्रतिक, भिम कार्की र राम सी पोखरेल निर्णायक हुनुहुन्थ्यो । सो कार्यक्रममा समाजका विभिन्न प्रबुद्ध व्यक्तिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । डल्लास लाइन्स क्लबका अध्यक्ष शिव अधिकारीको सभापतित्वमा सम्पन सो कार्यक्रममा प्रेम अधिकारी, मुरली अधिकारी, रमेश पोखरेल, महेन्द्र पौडेल, केशव लामिछाने लगायत समाजका प्रबुद्ध व्यक्तिहरुले मन्तब्य दिनु भएको थियो भने कविता शर्माले शुभ कामना गीत गाउनु भएको थियो । गोष्ठीमा शैलेश आचार्य प्रथम, बाल जोशी र राजन कोइराला दोस्रा तथा कृष्ण कुमारी पौडेल र सरोज मगर तेस्रो हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति