आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी क्रिकेट: नेपाल केन्याविरुद्ध ५ विकेटले विजयी

९ चैत्र २०६८, बिहीबार १९:३७ मा प्रकाशित

काठमाडौ, चैत्र ९ – नेपाल आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी छनोटको सातौ प्ले–अफको सेमिफाइनलमा बिहीबार भएको खेलमा केन्यालाई ५ विकेटले हराएको छ । अब नेपालले सातौ स्थानका लागि पपुवा न्युगिनीको शुक्रबार सामना गर्ने छ । इटालीले अर्को प्ले–अफको सेमिफाइनलमा इटालीमाथि १२ रनको जित निकाल्यो ।
नेपालविरूद्ध पहिले ब्याटिङ गरेको केन्याले ४ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । उसका कोलिन्स वोवुया ५२ रन बनाए । बलिङमा नेपालका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा नेपालले दुई बल बाकी छदै ५ विकेटको क्षतिमा जित दर्ता ग¥यो । नेपालका प्रदीप ऐरीले ४५ रन जोडे । कप्तान पारस खड्का २६ रनमा नटआउट रहे । अनिल मण्डलले ३२ रन बटुले ।
समूहको पाँचौं स्थानमा रहेको नेपालले समूह ‘बी’ को त्यसै स्थानमा रहेको केन्यासँग सातौं स्थानको प्लेअफको सेमिफाइनलमा खेलेको हो । सातौं स्थानकै  लागि अब नेपालको अर्को खेल अर्को प्लेअफको सेमिफाइनलमा इटाली र पपुवा न्युगिनीबीचको विजेता टिमसँग हुने छ । दुई पराजित टिमले नवौं स्थानका लागि खेल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता