एमाले र काँग्रेसका नेताहरूलाई जिल्ला प्रवेश गर्न नदिने !

२० कार्तिक २०६९, सोमबार २२:०१ मा प्रकाशित

काठमाडौँ, २० कात्तिक । अनमिनको वर्गीकरणमा नपरेका (अयोग्य) एमाओवादी लडाकुहरूको सङ्गठन ‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ एमाले र काँग्रेसका नेताहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने भएका छन् । उनीहरुले आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै अनिश्चितकालिन आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । सङ्गठनले आज राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो निर्णय गरेका हुन् ।
उनीहरुले गत कात्तिक ५ गतेको मन्त्रिपरिषद्को बैठकले बहिर्गमित सेनालाई जनही दुईरदुई लाख दिने निर्णय गरे पनि सो रकम आफूहरूलाई अपुग भएको र त्यसलाई पनि फिर्ता गराउने कार्य भएको भनदै आन्दोलनको कार्यक्रम सार्वजनीक गरेका हुन् । सङ्गठनका संयोजक लेनिन विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा घोषित कार्यक्रमअनुसार कात्तिक २१ गते एनेकपा (माओवादी), नेकपा–माओवादी, नेकपा ९एमाले० र नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा र २२ गते राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र पेस गर्ने, २४ गते एमाले र काँग्रेसका केन्द्रीय नेताहरूलाई जिल्ला प्रवेशमा अनिश्चितकालीन रोक तथा औपचारिक कार्यक्रम बहिष्कारको कार्यक्रम रहेको छ ।
यस्तै आउँदो मङ्सिर ८ गते देशव्यापी मसाल जुलुस र ९ गतेदेखि अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ । सङ्गठनले आफूहरूलाई अवकाश प्राप्त लडाकुसरहको सुविधा हुनुपर्ने, अयोग्यको संज्ञा खारेज हुनुपर्ने, राज्यको कुनै पनि कोटामा २५ प्रतिशत कोटा निर्धारण गरिनुपर्नेलगायतका माग अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले