नेकपा–माओवादीले संयुक्त सरकारका लागि पहल गर्ने

२० कार्तिक २०६९, सोमबार १९:५७ मा प्रकाशित

काठमाडौं, २० कात्तिक । नेकपा–माओवादीले संयुक्त सरकारका लागि पहल गर्ने निर्णय गरेको । नेकपा–माओवादीको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सबालमा पार्टीले अघि सारेको ७० बुँदे माग पूरा गराउन शसक्त जनप्रतिरोध थाल्ने निर्णय पनि गरेको छ ।  बैठकले परिमार्जनसहित पारित गरेको अध्यक्ष मोहन बैद्य किरणको राजनीतिक प्रतिवेदनमा तत्काल जनप्रतिरोध थाल्ने उल्लेख छ । ‘राष्ट्रियतामाथि गम्भीर संकटमा परेको छ ।
प्रतिवेदनमा नेपालको अग्रगामी राजनीतिक निकासका लागि विदेशी प्रतिक्रियावादी तथा तिनका नेपाली दलाल प्रमुख वाधक रहेको ठहर गरिएको छ । नेकपा–माओवादीदेशभक्त, वामपन्थी, गणतन्त्रवादीहरुको बृहत् मोर्चा निर्माण गरेर राष्ट्रिय संयुक्त सरकारका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले