अस्तित्व गुमाउँदै नेपाली कांग्रेस

२० कार्तिक २०६९, सोमबार १९:५० मा प्रकाशित

काठमाडौं, २० कात्तिक । संविधानसभा चुनावअघिसम्म सत्तामा रहदा वा नरहदा कांग्रेस राजनीतिको केन्द्र विन्दुमा हुन्थ्यो । सत्ता र शक्ति कांग्रेसको पर्यायजस्तै थियो त्यतिबेलाको कांग्रेस । अझ २०४६ सालपछि त कांग्रेसले आधा दर्जन पटक सरकारको नेतृत्व गरिसकोको देखिन्छ । स्वर्गीय गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र बरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसबाटै बारम्बार सरकारको नेतृत्व गर्ने अवसर पाए । तर, संविधानसभा चुनावपछि भने दोस्रो दलमा खुम्चिनुपर्दा पुरानो प्रजातान्त्रिक दल कांग्रेसको देखिने भूमिका भने कमजोर हुँदै छ ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘नेपाली कांग्रेस साक्षी बसेर धेरै सहमति गराउन पहल ग¥यो तर सहमतिलाई कार्यान्वय गराउनमा नेतृत्वको कमजोरी रह्यो ।’ शान्ति प्रक्रियालाई पूरा गराएर मात्रै सरकारमा जाने अडानमा रहे पनि बदलिंदो राजनीतिक परिवेश अनुसार नेतृत्वले आपूmलाई राजनीतिको केन्द्रीय भूमिकामा उतार्न नसकेको उनको भनाई छ । ‘कांग्रेसले राष्ट्रिय राजनीतिलाई डोहो¥याउनु पर्छ भन्ने आशालाई पूरा गराउन नसकिएको हो’ विश्वकर्माले भने, ‘यसमा पार्टी नेतृत्व जिम्मेवार छ ।’
राजनीतिक विश्लेषक झलक सुवेदी प्रभावकारी नेतृत्व मात्रै कांग्रेस कमजोर देखिनुको कारण ठान्दैनन् । ‘कांग्रेसले प्रभावकारी रुपमा राजनीतिक शक्ति प्रयोग गर्न नसक्नु नेतृत्वको कमजोरी हो’ सुवेदी भन्छन्, ‘कांग्रेसको विचारको विकल्पमा एमाओवादी, एमालेसहितका वामपन्थी दलहरु सतहमा आउनु पनि कांग्रेस कमजोर देखिनाको कारण हो ।’
पछिल्लो समय कांग्रेसकै दोस्रो पुस्ताका नेता पनि नेतृत्वले ठीक समयमा उपयुक्त निर्णय नलिंदा पार्टीेको भूमिका कमजोर भएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । ‘कुनै बेला कांग्रेस राजनीतिको मियो नै थियो’ केन्द्रीय सदस्य शेखर कोइरालाले भने, ‘अहिले पार्टी नेतृत्वकै कारण कांग्रेसको केन्द्रीय भूमिका नभएको ठीक हो ।’ विपक्षीले आपूm अनुकूलको अश्त्र फाल्दा पनि पार्टी नेतृत्व त्यसकै जालमा लागेको समेत उनको आरोप थियो ।
अर्का  केन्द्रीय सदस्य बद्री पाण्डे सत्ताभन्दा दलीय सहमतिलाई केन्द्रमा राख्दा कांग्रेसको देखिने भूमिका कम भएको दाबी गर्छन् । ‘हामीले आप्mनो अडान छोड्दाको जोखिम हे¥यौ’ पाण्डेले भने, ‘एमालेले एमाओवादी र एमाओवादीले मधेसी दलसँग गरे जस्तै सम्झौता गरेको भए सत्ता हाम्रो हातमा आउथ्यो ।’ कांग्रेसकै अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘जोखिम मोल्न पनि नसक्ने अगाडि पनि नबढ्ने नेतृत्वकै कारण कांग्रेसको भूमिका दिनानुदिन कमजोर हुँदै गएको हो ।’ कांग्रेसछिको तेस्रो शक्ति एमालेले दुई पटक सरकारको नेतृत्व गरिसक्यो । माधव नेपाल नेतृत्वमा सरकारमा गए पनि झलनाथ खनाल नेतृत्वमा भने कांग्रेस  सरकारमा गएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना