पार्टी विवादमा प्रचण्डको आक्रोस–“बैद्य पक्ष शान्ति र संविधान भाड्न लागे ”

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
९ चैत्र २०६८, बिहीबार १९:३६ मा प्रकाशित

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)

काठमाडौ, ९ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण पक्षधरहरु सफलताको नजिक पुगेको शान्ति र संविधान निर्माण प्रक्रिया भाडँन लागिपरेको आरोप लगाएका छन् ।
आज आफ्नै निवास लाजिम्पाटमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले  बैद्य पक्षधर कसरी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया भाड्न सकिन्छ भनेर लागेको र आफूहरु भने कसरी सफल बनाउने भन्नेमा चिन्तित रहेको दावी गरे । प्रचण्डले  शान्ति प्रक्रियालाई जोखिम मोलेरै भए पनि केही दिनमै टुङग्याउनु पर्ने भन्दै संघीयता विनाको संविधान आफूहरुलाई स्वीकार्य नहुने र त्यस्तै परे यसबारेमा जनमत संग्रहमा पनि जान नसकिने स्पष्ट पारे ।
पत्रकारहरुसँग प्रचण्डले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अहिलेको कठिन अवस्थामा राजीनामा गराएर जोखिम उत्पन्न हुने भन्दै त्यस्तो जोखिम मोल्न आफू तयार नरहेको बताए । उनले भने– किरणजीले भने जस्तो प्रधानमन्त्रीलाई राजीनामा गराउने विषय म सोच्न पनि सक्दिन । अहिले प्रधानमन्त्रीलाई राजीनामा गराएर जोखिम उठाउन चाहन्न ।
आफूले केन्द्रीय कमिटिको बैठकमा सरकारमा सहभागी पार्टीको पुरै टिम परिवर्तन गर्न प्रस्ताव गरे पनि बैद्य पक्षले नमानेको भन्दै अहिले प्रधानमन्त्रीको राजिनामाले मुलुकलाई झनै संकटमा पार्ने बताए ।
पार्टी भित्रको पछिल्लो विवाद वैचारिक भएको दावी गर्दै उनले अहिले नै पार्टी फुटी हाल्ने वा एक भई हाल्ने भन्ने अवस्था नरहेको बताए । उनले महाधिवेशनपछिको सबैभन्दा ठूलो निकाय केन्द्रीय समितिको बैठक बोलाउन नमानेर बैद्य पक्षले जनवादी केन्द्रीयताको नीति उल्लंघन गरेको आरोप समेत लगाए ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि काग्रेस र एमालेले अवरोध गरिरहेको आरोप समेत सो अवसरमा प्रचण्डले लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको