नेपालबाट चीनमा गाँजा तस्करी भइरहेको खुलासा

२० कार्तिक २०६९, सोमबार १९:३९ मा प्रकाशित

काठमाडौं, २० कात्तिक । नेपालबाट भातर र त्यहाँबाट तेस्रो मुलुकमा मात्र नभएर चीनतर्फ पनि गाँजा हुने गरेको रहस्य खुलेको छ । प्रहरीले तातोपानी नाका हुँदै चीन लैजान तयार गरिएको झण्डै ११ क्वीन्टल गाँजा सहित तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुखेको हो ।
प्रहरीको लागु औषध नियन्त्रण कानून कार्यान्वयन ईकाईका अनुसार चीन तर्फपनि गाँजा तस्करी हुने गरेको तथ्य खुलेपछि प्रहरीले चीनतर्फपनि यसको संजाल पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ ।
र्ईकाईका प्रहरी बरिष्ठ उपरिक्षक नवराज सिलवालले चीनतर्फ गाँजा तस्करी गर्ने मुख्य व्यक्ति राजनन्दन साह सहितका व्यक्ति फक्राउ गरेर नेपालभित्र रहेको उनको  समुहको संजाल नै तोडेको दाबी गरे । प्रहरीले मकवानपुर सरिखेत पलासे ६ का डिलबहादुर मगर, महोत्तरी डाम्हीमडै ९ का उमेश चौधरी र महोत्तरी भटोलिया ८ का राजनन्दन साहलाई १ हजार ८० किलो गाँजा चाल्नाखेलमा पक्राउ गरेको छ । प्रक्राउ परेका व्यक्तिलाई प्रहरीले सोमवार सार्वजनिक गरेको थियो ।  गाँजा तातोपानी नाकाबाट चीनको खासा र तिब्बत पुराउने तयारीमा रहेका उनीहरुलाइ प्रहरीले तीन दिन अघि पक्रेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार