सहमतीय सरकार बन्नुपर्छः राष्ट्रपति यादव

२० कार्तिक २०६९, सोमबार १९:३२ मा प्रकाशित

लमजुङ, २० कात्तिक । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसंग दैनिक जसो भेट गरी राष्ट्रिय सहमतिका लागि दबाब दिदै आएका राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार निर्माणमा जोड दिएका छन् ।
लमजुङको दुराडाडाँमा सर्वोदय उच्च माध्यमिक विद्यालयको हिरक जयन्तीको अबसरमा बोल्दै उनले यस्तो बताएका हुन् । जनताको चाहना अनुसार नयाँ निर्वाचनमा जान आफूले सरकार र राजनीतिक दलहरुलाई समेत झकझकाई राखेको उनले बताए। सहमतिविना शान्ति प्रकृया टुंगोमा पु(याउन र संविधान निर्माण सम्भव नभएको भन्दै आफू हरदम सहमतिका लागि पहल गरिरहेको पनि बताए । मुलुकमा लोकतन्त्र र गणतन्त्र ल्याउने क्रान्ति सफल भएपनि त्यो परिवर्तन संस्थागत गर्न नसकेकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभयो ।
बन्दुकको बलमा कुनै पनि परिवर्तन सम्भव नभएको भन्दै अहिलेसम्मको परिवर्तन सहमतिकै आधारमा प्राप्त भएको र अब पनि सहमतिको विकल्प नरहेको उहाँको भनाइ थियो । ‘मैले नयाँ निर्वाचन नै नेपाली जनताको चाहना भएको पाएँ’ उनले भने, ‘‘नयाँ निर्वाचनमा जानका लागि बारम्बार सरकार र राजनीतिक दललाई आग्रह गरिरहेको छु ।’
तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भएको १२ बुँदे समझदारीपश्चात् मुलुकमा राजनीतिक परिवर्तन आएको भन्दै उनले अग्रगामी परिवर्तन संस्थागत हुन नसकेकोमा दुःख व्यक्त गरे। उनले भने, ‘सरकार र राजनीतिक दलको त्रुटीका कारण संविधान सभाबाट नयाँ संविधान जारी हुन सकेन।ु सरकार र दलले संविधान जारी नगरेर जनताको आकांक्षा पूरा गर्न नसकेको समेत उनको भनाई थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार