पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

१५ माघ २०७८, शनिबार ११:५० मा प्रकाशित

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । मृत्यु हुनेमा बाबु र छोरा रहेका छन् ।

यसअघि जनवरी २४ मा पनि अज्ञात आक्रमणकारीले लाहोर प्रेस क्लब बाहिर हुसैन शाह नामका एक अपराध संवाददातालाई गोली हानी हत्या गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

असाम । भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको

किभ । रुसले युक्रेनको मारिउपोल शहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारिउपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका

प्योङयाङ । उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार

काठमाडौं । यमनको हुथी लडाकू समूहले संयुक्त राष्ट्रसंघका प्रतिनिधिले यमनी सरकारसँग चलिरहेको दुई महिने युद्ध विरामलाई विस्तार गर्ने अनुरोधमाथि विचार