नेता ओलीको उपचार खर्च संकलनका लागि एमालेले बनायो समिति

२० कार्तिक २०६९, सोमबार १९:२० मा प्रकाशित

एमाले नेता केपी शर्मा ओलीको उपचारमा सहयोगका लागि एमालेले सचिव विष्णु पौडेलको संयोजकत्वमा सहयोग समिति बनाएका छ । सोमवार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पोलिटब्युरो नेता ओलीको उपचार खर्च संकलनका लागि समिति बनाएको हो । केन्द्रीय सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, परशुमेघी गुरुङ र राजन भट्टराईलाई सहयोग समितिमा सदस्य राखेको छ । ओली र मष्तिष्कघातका कारण शिक्षण अस्पतालमा उपचार गराइरहेका केन्द्रीय सदस्य डिल्लीबहादुर महतको उपचारका लागि एमालेले सहयोग समिति गठन गरेको हो । पार्टी सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।
एमाले नेता केपी शर्मा ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ । नया“ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनका स्वकीय सचिव ईन्द्र भण्डारीले वताए ।
आइतवार राती ९ ३० बजे मेदान्त अस्पताल भर्ना भएका नेता ओलीले सोमवार बिहान जाउलो र खानासमेत खाएका थिए । सोमवार बिहान अस्पतालले ओलीको स्वास्थ्य सम्बन्धी रिपोर्ट दिएको थियो । ‘फोक्सो, लिभर र किड्नी सामान्य अवस्थामा रहेको रिपोर्ट बिहान अस्पतालले दिएको छ’ भण्डारीले सौर्यस“ग भने, ‘आज पहिलेजस्तै खाना पनि खानु भयो र बिहान जाउलो पनि खानु भएको थियो ।’ ओलीको मिर्गाैलामा संक्रमण हुन सक्ने आशंकापछि थप उपचारका लागि आइतवार एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।
छातीमा संक्रमण भएर ज्वरो र खोकी बढेपछि काठमाडौंको नर्भिक अस्पतालमा ओलीको दुई दिनसम्म उपचार भएको थियो ।  नर्भिक अस्पतालका चिकित्सकहरुको सिफरिस अनुसार ओलीलाई आइतवार मेदान्त अस्पताल लगिएको थियो ।  ओलीका साथ पत्नी राधिका शाक्य, ओलीका स्वकीय सचिव ईन्द्र भण्डारी र आफन्त राजेश बज्राचार्य दिल्लीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले