मेरी बुढी ….. – गोकर्ण’प्रकाश’

२० कार्तिक २०६९, सोमबार १७:२६ मा प्रकाशित

 दिन याद नभए पनि सानै उमेर देखि उसंग उठबस हुन्थ्यो | किताबमा आँखा हुदा पनि ध्यान उ तिरै हुन्थ्यो | मैले हेर्दा उ हाँसेकै हुन्थी | उसले मलाई माया गरोस नगरोस उसलाई म निकै माया गर्थे | उ निकै शान्त स्वोभाब की थि | अरु संग बोल्दि हो तर मसंग कैले बोलिन | भावनात्मक सम्बन्ध थियो उसको र मेरो | उसले मलाई कैले अंगालोमा बेरिन मैले सधै उसलाई अंगालोमै राख्थे | घरमा सबैले उ तेरी बुढी हो भनेर जिस्काउथे तर उसंग कैले बिहे गरेको दिन याद छैन | उसलाई सिन्दुर राखेर सिउदो भर्ने कल्पना सम्म नगरेको मान्छे उ मेरी बुढी कसरि भै म आफै दंग पर्थे |
एक दिन म मेरी बुढी भनाउदीलाइ लिएर स्कुल गएको थिए | सरले बुढीसंगै एकोहोरिएको चाल पाउनुभएछ | सरले बुढी र मलाई अलग्गै राख्नु भयो | त्यो पल मलाइ निकै दुखको अनुभूति भएको थियो | त्यो दिन सरले मेरी बुढीलाई हेडसरको अगाडी लगेर राख्नु भएछ | मेरी बुढीलाइ देखेर सर पनि एक छिन दंग पर्नु भएछ | अर्को दिन म स्कुलभित्र छिरेको मात्र थिए हेडसरले मलाई आफ्नो अफिसमा आउन इशारा गर्नु भयो | मलाई डर लागेको थियो अब सर ले के भन्नु हुन्छ | गाली गर्नुहुन्छ भनेर लुत्रुक्क पर्दै आफिसमा छिरे | सरले उही मेरी बुढीको कुरा निकाल्नु भयो | मैले बुढी घरमै छोडेर आएको कुरा गरे | सरले मेरी बुढी असाध्यै मन परेको कुरा गर्नु भयो | सबै साथीलाई भोलि बिहान प्रथानको समयमा देखाउने कुरा सुनाउनु भयो | मलाई कता कता डर लागिरहेको थियो | मेरी बुढी सरले निकै मनपर्नु भएको कुरा उल्लेख गर्नु भयो | मेरो केटाकेटि बुद्धि मेरी बुढी सबैले मन पारे भने उ पैला जाने होकी, मलाई झन चिन्ता लाग्न थाल्यो | अर्को दिन म मेरी बुढीलाई घरमै लुकाएर राखे | स्कुल जादा बुढी नलिई गएको थाहा पाएर सरले सम्झाउनु भयो,’ बाबु तिम्री बुढी निकै सुन्दर छिन | बुढीलाई पढ्ने बेलामा संगै नराख्नु भनेर सरले तिमि दुइ जनालाई अलग्गै राख्नु भाको हो | भोलि स्कुल आउदा तिम्री बुढी मसंगै बस्छिन, तिमिले बुढी कक्ष्या कोठामा लिएर जानभने पाउने छैनौ |’ सरले यस्तै धेरै कुरा भनेर मलाई सम्झाउनु भयो | मैले बुझे मेरी बुढी सधै मेरै हुन्छे | भोलि प्राथना सकिए लगत्तै मेरी बुढी सबैका सामु प्रस्तुत भै | म संग रहदा भन्दा सबैको ताली र प्रंससाबाट उ फुरुङ्ग थि | त्यसैले आज उ झन सुन्दर देखिएकी थि | मैले उसलाई सोधे बुढी तिमीलाई सबैको सामु रहदा कस्तो अनुभूति हुदै छ | उ के बोल्थी, बोलिन | नबोली रहने र खाली भावनात्मक सम्बन्ध राख्ने बुढीको एउटा बानि मलाई मन पर्दैनथ्यो | उसंगको गहिरो प्रेमको कारण म उसंग टाढा रहन सक्दिनथे | सबैले उसलाई बुढी भनेर बोलाउथे सरले उसको नाम रख्दिनुभयो सिर्जना | सबैले मेरी बुढी(सिर्जना) लाइ नजिकबाट चिन्ने पहिलो अवसर पाएका थिए यतिबेला |
संगै पदने साथी आशा, निशा, कृपा सबैले मलाई माया गर्थे | म सृजनालाई माया गर्थे | सिर्जनासंगै रहदा म खान भुल्थे | निन्द्रा पर्दैनथ्यो | सपनामा पनि उनकै नामले बर्बराउदो रैछु | लाग्थ्यो सिर्जना बिना मेरो जिबन अधुरो छ | सिर्जनानै मेरो जिबन हो | सृजनाले मेरो ख्याल गरोस, नगरोस | उ सधै मसंग रहोस नरहोस | उसले मेरो बारेमा भलो सोचोस या कुभलो मैले सिर्जनालाई जिबन भरि माया गर्ने छु | मेरो जिबन नासिएर जावोस तर सिर्जना सधै अजर-अमर रहोस | सिर्जना सबैको अगाडी हासेको र मेरो अन्तिम स्वास रहेसम्म मेरो आगाडी बाचेको देख्न सकु | सबैले भने जस्तो उ मेरी बुढी उ होस् या नहोस मलाई मतलब छैन मलाई सिर्जना मन पर्छ, उसको सुन्दरता मनपर्छ | उसंग एकोहोरो प्रेमको अनुभूति म संग छ त्यसैले उसलाई जुनी जुनी माया गरिरहने छु |  मेरो हरेक सब्दले सिर्जनाको रुप खडा गर्नेछ, सिर्जना सब्द सब्द बाट निस्कने बिस्फोटन हो | सिर्जना बिना हरेकको जिबन अधुरो हुन्छ र सिर्जना नै साहित्य हो | –

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

आजको प्रमुख समाचार