
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । अफ्रिकन राष्ट्रविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल मंगलबार हुनेछ । नेपाल र मौरिसस त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा उत्रँदै गर्दा नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्नेछ ।
नेपाल कात्तिक यता पहिलो पटक मैदानमा उत्रँदा मौरिसस भने करिब साढे अढाई वर्षपछि मैदान उत्रँदै छ । टोलीले जम्मा ४५ दिन अभ्यास गरेर नेपालविरुद्ध मैदान उत्रन लागेका हो । यता, नेपाल २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो र फाइनलमा भारतसँग पराजित भएपछि पहिलो पटक मैदान उत्रँदै छ ।
एक अर्काविरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीको योजना जित हुनेछ । दुवै एक अर्काविरुद्ध अपरिचित समेत छन् । नेपाल घरेलु मैदानमा उच्च मनोबल सहित दुवै खेल जित्ने योजनामा छ ।
मौरिससको २३ सदस्यीय टोली नेपाल झरेको छ भने नेपालले दुई खेलका लागि दुई फरक टोली तयार पारेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो पटक नौ खेलाडीलाई टोलीमा समावेश गर्दै ३४ खेलाडीनै दुई टोलीमा बाढेका हुन् । १२ खेलाडीले भने दुवै टोलीमा स्थान बनाएका छन् ।
मौरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोईसले पहिलो पटक नेपालसँग खेल्न लागेको प्रतिक्रिया दिँदै आफूहरूले अढाई वर्षपछि मैदान उत्रन लागेको बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सीमित दर्शक राख्न स्वीकृति दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग
काठमाडौं । ककनी गाउँपालिकाले अब काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न सधैंका लागि बन्द गर्ने भएको छ । ककनी गाउँपालिकाको वडा
काठमाडौं । फाइजर इन्कले आज ‘स्वस्थ संसारका लागि एक सम्झौता‘ को सुरुवात गरेको छ। यस पहलको उद्देश्य अमेरिका र युरोपेली