५३ लाख हिनामिना वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता (पत्रसहित)

१४ माघ २०७८, शुक्रबार १७:०८ मा प्रकाशित

नुवाकोट । सामाजिक सुरक्षा भत्ता र राजस्व रकम हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट पञ्चकन्या गाउँपालिका–०२ का वडासचिवसहित ३ जनाविरुद्ध ५३ लाख १ हजार ८ सय ५६ बिगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा सचिव सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो । गतवर्ष चैत २४ मा रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्व रकम हराएको थियो । त्यसरी शंकास्पद रुपमा हराएपछि आयोगले अनुसन्धान गरी ‘हिनामिना’ भएको ठहर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार, उक्त रकम राखिएको दराजको सेफको साचो सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको साचो निलप्रसाद मिश्रले बोकेका थिए । तर, ताल्चा लगाएको ठाउँमा कुनै तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाका लागि समन्वयसमेत गरेको देखिएन । वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा राउत, गिरी र मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेको अभियोग आयोगले लगाएको हो । तीनै जनाबाट उक्त रकम असुल हुनुपर्ने माग आयोगको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन्

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ । महानगरका ३३

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । ब्याचेलेटलाई चीनमा

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी