सरकार नै चोरिको विजुली बाल्छ

२० कार्तिक २०६९, सोमबार १५:३० मा प्रकाशित

काठमाडौ, २० कात्तिक । सरकार नै चोरिको विजुली बाल्ने गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको चुहावट नियन्त्रण कार्यक्रमले साउनयता मात्र ४५ वटा विभिन्न सरकारी, उद्योगधन्दा र संस्थाले विद्युत् चोरी गरेको फेला पारेको हो ।
प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई तीव्र पारेपछि पछिल्लो साढे तीन महिनामा मात्र ४९ लाख ९९ हजार रुपियाँ बराबरको विद्युत् चुहावट गर्ने ४५ संस्था र कार्यालय फेला पारेको हो । त्यसमा बढी जसो जिल्लाका सरकारी कार्यालय रहेका छन् । विद्युत् चुहावटका कारण मात्र वार्षिक ६ अर्बभन्दा बढी घाटा बेहोरेको प्राधिकरणले ०६८ साल भदौ २५ गतेदेखि चुहावट नियन्त्रण महाशाखा स्थापना गरी अभियान अघि बढाएको छ । अघिल्लो वर्ष मात्र ११ करोड रुपियाँ बराबरको विद्युत् चुहावट गरी प्राधिकरणलाई घाटा बनाएको फेला पारेको थियो । प्राधिकरण स्रोतका अनुसार विद्युत् चुहावट गर्नेमा नेपाल साल्ट ट्रेनिङ, नेपाल टेलिकमलगायत पनि छन् ।
प्राधिकरणका अनुसार नेपालगन्ज क्षेत्रका ३, महेन्द्रनगर क्षेत्रका ६, गुलरिया क्षेत्रका २, धनगढी क्षेत्रका १४, सर्लाही क्षेत्रका ७, वीरगन्ज क्षेत्रका ९, गौर क्षेत्रका २ लगायत ४५ उद्योगधन्दा, सरकारी कार्यालय र संस्थाले विद्युत् चुहावट गरेको फेला परेको हो । ४९ लाख ९९ हजारमध्ये नेपालगन्जका ३ उद्योगबाट मात्र १९ लाख २५ हजार रुपियाँ चुहावट गरेको फेला परेको छ । साउनयता मात्र ४५ वटा विद्युत्को बिल छुट भएका उद्योग, संस्थालगायत भेटिएकाले उनीहरूलाई विद्युत्को महशुल बुझाउनका लागि पत्र पठाइएको प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका प्रमुख दीपक आचार्यले जानकारी दिए ।
प्राधिकरणको चुहावट २८ प्रतिशत पुगेपछि सन् ०७३ भित्र २० प्रतिशत झार्ने लक्ष्यसहित प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको हो । आथिर्क वर्ष ०६७ र ६८ मा २८ दशमलव ३५ प्रतिशत रहेको चुहावट नियन्त्रण गरी ०६८ र ६९ मा २५ दशमलव ३५ प्रतिशतमा झार्ने लक्ष्य थियो तर दुई प्रतिशत मात्र झरेको थियो । अहिले सरकारले लोडसेडिङ न्यूनीकरण आयोजनाअन्तर्गत यस वर्षभित्र ३ प्रतिशत चुहावट नियन्त्रण गर्ने लक्ष्य राखेको छ । प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ चुहावट नियन्त्रण कार्यक्रमलाई तिहारपछि अझ सशक्त बनाउने बताउँछन् ।
‘अहिले पनि अभियान त चलिरहेको छ तर अब तिहार सकिएपछि अभियानले तीव्रता लिन्छ,’ उनले भने, ‘हामीले विद्युत् महशुल निर्धारण आयोगमा समेत चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता जनाइसकेका छौँ, चुहावट नियन्त्रणको अभियानलाई विशेष फोकस हुन्छ ।’ प्राधिकरणले यस वर्षका लागि मात्र चुहावट नियन्त्रणका लागि भन्दै ४० करोड रुपियाँ बजेट समेत छुट्याएको छ ।
प्राधिकरण स्रोतका अनुसार बर्सेनि करिब दुई मेगावाट बराबर विद्युत् चोरी हुने गरेको छ । त्यसमा २६ प्रतिशत चुहावटमध्ये प्राविधिक चुहावट मात्र १५ प्रतिशत छ । चुहावट बढ्नुमा केही क्षेत्रमा कर्मचारीको मिलेमतो पनि देखिएकाले उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सके नियन्त्रणमा सहयोग पुग्ने भए पनि त्रिवेणी स्प्रिङ मिल्समा भएको ६ करोड १६ लाख बराबरको विद्युत् चुहावट गर्न सहयोग गर्ने कर्मचारीहरूलाई अहिलेसम्म कारबाही गर्न नसकेकाले नियन्त्रणका लागि समस्या देखिएको स्रोतले बतायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । असार अन्तिम हप्तासम्म देशभर ४५ प्रतिशत धान रोपाइँ भएको छ । बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार