मिर्गौला रोगी शाहुलाई सहयोग गर्न आह्वान

२० कार्तिक २०६९, सोमबार १५:२५ मा प्रकाशित

काठमाडौ, कात्तिक । मिर्गौला रोगबाट पीडित डडेल्धुरा अमरगढीका प्रकाशबहादुर शाहुको उपचारका सहयोग गर्नए अपिल गरिएको छ। उनलेृ सहयोगका चर्चित तेक्वान्दो खेलाडी दीपक विष्ट पनि सहयोगमा जुटेका छन् । दुवै मिर्गौला काम नलाग्ने गरी बिग्रिएपछि ३२ वर्षीय शाहुले डायलायसिस वा मिर्गौलाको प्रत्यारोपण गर्नका लागि सहयोग गर्न दिपकले अपिल गरेका छन् ।
उनको उपचारका लागि करिब दस लाख रुपियाँ लाग्ने जनाइएको छ । शाहुको यो रकमको जोहो गर्ने क्षमता नभएका कारण सहयोगको आह्वान गरिएको हो । सामान्य परिवारका शाह उक्त रकम जुटाउन नसक्ने अवस्थामा रहेको उनका सहयोगी विष्टले बताए ।
विष्टका अनुसार शाहको उपचारका लागि अब करिब थप १० लाख रुपियाँ खर्च लाग्नेछ । दुई छोरी र एक छोराका पिता शाहको पारिवारिक दायित्व पनि भएकोले उनलाई बचाउन जरुरी भएको विष्टले बताए । उनको अहिले महाराजगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
शाहको उपचारमा हालसम्म एक लाखभन्दा बढी रुपियाँ खर्च भइसकेको पनि विष्टले बताए । शाहलाई सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैंको खाता नम्बर स् २९०७०१०००२९२५ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति