कांग्रेस बैठक बस्नुअघि बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

१४ माघ २०७८, शुक्रबार १२:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न कांग्रेसले बाेलाएकाे केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको हाे ।

भेटमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढि सिट

काठमाडौं । यहि बैसाख ३० गतेको स्थानीय तह निर्वाचनको अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार सत्तारुढ कांग्रेस सबैभन्दा अगाडि रहेको छ

ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलाे अग्रता बनाएका छन् । पछिल्लाे पटक १३ हजार २१६ मतगणना

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत