छाउपडी बसेकी बालिका गोठबाटै बेपत्ता

२० कार्तिक २०६९, सोमबार १५:०४ मा प्रकाशित

कैलाली, २० कात्तिक । बझाङमा छाउपडी बसेकी बालिका गोठबाटै बेपत्ता भएकी छिन् ।  महिनावारी भएका बेला सुत्ने ठाउँमा सुतेकी एक वालिका एकसातादेखि बेपत्ता भएकी हुन । गत मंगलबार महिनावारी भएर छाउपडी गोठमा सुतेकी चैनपुर–९, मयाना की १२ वर्षीया रामकला धामी बेपत्ता भएकी हुन् । घरबाट एक सय मिटर टाढा रहेको छाउपडी गोठमा सुतेकी रामकला बिहान हेर्दा नरहेको उनका बुबा मीनबहादुर धामीले बताए ।
बेपत्ता रामकला महिनावारी भएको तीन दिन भएको उनका आफन्तले बताए । उनी छाउपडी गोठमा एक्लै वस्ने गरेकी थिइन् । बझाङमा महिनावारी भएकी महिलालाई छ दिनसम्म अलग्गै छाउपडी गोठमा राख्ने कथित प्रचलन छ । सो स्थान सदरमुकाम चैनपुरसँगै जोडिएको छ । सोमबार बेलुकाको खाना खाएर छाउपडी गोठमा सुतेकी छोरी बेपत्ता भएकाले उनको खोजी कार्य गरिदिन मीनबहादुरले प्रहरीलाई आग्रह गरेका छन् । यद्यपि प्रहरीले आफ्नो आग्रहलाई ध्यान नदिएको उनले आरोप लगाए ।
महिनावारी भएकी महिलालाई घर भन्दा टाढा र गोठमा राख्ने कथित प्रचलनका कारण वर्षेनी सर्पको टोकाइ तथा अन्य कारणले धेरै महिलाले कष्टका साथै अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर

महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दसैँ-तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि