चिलीमाथि अर्जेन्टिनाको जित

१४ माघ २०७८, शुक्रबार १०:०५ मा प्रकाशित

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।

खेलको नवाैँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन् ।

आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छनोट भइसकेका छन् ।

ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जितपछि अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भिलारियलसँग २-० ले पराजित भएको छ । घरेलु मैदान

काठमाडौं । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन् । पर्सिजाले एक भिडियो

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान