किन घटे राहुल गान्धीका ट्विटर फलोअर्स ?

१४ माघ २०७८, शुक्रबार १०:०४ मा प्रकाशित

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् ।

फलोअर्स बृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।

ट्विटरका सीइओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख ५० हजार नयाँ फलोअर्स बनेको र औषतमा दैनिक आठ हजारदेखि १० हजार नयाँ फलओर्स हुने गरेकोे उदाहरणसमेत उनले पेस गरेका छन् ।

सन् २०२१ को सुरुदेखि भने उनका नयाँ फलोअर्स झन्डै शून्यमा झरेका छन् । यसको कारण तीन महिना ट्विटरमा उनले छनौट गर्ने छलफलको विषय हुन सक्ने सामाजिक सञ्जालका विज्ञहरुले बताएको पनि गान्धीले पत्रमा लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन्

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप,

न्युयोर्क । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्