कृषि क्षेत्र बजेटको प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री

२० कार्तिक २०६९, सोमबार १५:०२ मा प्रकाशित

काठमाडौ, २० कात्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषि क्षेत्र बजेटका प्राथमिकतामा रहेको बताएका छन् । उनले सरकारले ल्याउन लागेको बजेटमा कृषि क्षेत्रको बजेटलाई दोब्बर बनाइने पनि बताए । ३२ औं विश्व खाद्य दिवसको अवसरमा  काठमाडौमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले कृषि कार्यक्रममा खाद्य सुरक्षालाई सर्वाधिक प्राथमिकता दिएको जानकाी दिए ।
कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री भट्टराईले निर्बाहमुखी कृषिलाई आधुनिकिकरण गर्नका लागि विशेष कार्यक्रम लागू गरिएको जानकारी पनि प्रधानमनत्तीले दिएका थिए ।
खाद्य समस्या कम गर्नका लागि सरकारले बजार अनुगमन, केही खाद्यान्नको अधिकतम मूल्य निर्धारण, विद्यालयमा बाल पोषण वितरण तथा गरिव परिवारका लागि परिचय पत्र वितरण गरिएको र परिचय पत्र वितरणपछि सबै गरिव परिवारलाई न्यूनतम आवश्यक खाद्यबस्तुको ग्यारेन्टी गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार