रसियाले युक्रेनमा हमला गरे रुसी ग्यास पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी

१४ माघ २०७८, शुक्रबार ०८:५३ मा प्रकाशित

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ । नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरुले बुधबार बताएका थिए ।

रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरुले बताउँदै आएका छन् । र, उनीहरुका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।

रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरु उसको भनाईप्रति शंका गदैै आएका छन् ।

‘म धेरै प्रष्ट हुन चाहन्छु कि रसियाले एक वा अर्को तरिकाले युक्रेनमाथि हमला गरेमा नर्ड स्ट्रिम २ परियोजना अगाडि बढ्ने छैन्,’ विदेशमन्त्रालयका प्रवक्त नेड प्राइसले अमेरिकी प्रसारक एनपीआरसँग भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

टोकियो । जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन्

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप,