नयाँ संसद् आउँदा तयार होला त भवन ?

१४ माघ २०७८, शुक्रबार ०८:५० मा प्रकाशित

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ ।

व्यवस्थापिका राज्यको एउटा अभिन्न अङ्गको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचना आवश्यकता देखिन्छ । संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट हुँदै आएको छ ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का दिइएको थियो ।

२०७६ असोजमा संसद् भएको शिलान्यास भएको थियो । ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैँचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ ।

तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको नयाँ भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएको संसद्को विकास तथा प्रविधि समितिले बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताएका

अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तीमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले