ऐन र संविधान बाझिएको अवस्थामा चुनाव कसरी होला ?

१४ माघ २०७८, शुक्रबार ०८:४६ मा प्रकाशित

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच दलीय गठबन्धन ऐन र संविधान बाझिएको भन्दै कानुन मिलाउने तयारीमा छन् ।

निर्वाचन आयोगले चुनाव गराउन जति चासो देखाएको छ, त्यति सरकारलाई देखिन्न । मुलतः संविधान र ऐनका छुट्टाछुट्टै व्यवस्थालाई हतियार बनाएर आयोग र सरकार भिडिरहेका छन् । तर निकास दिनेतर्फ दुवै असफल छन् ।

एकपटक सर्वदलीय बैठक र दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर स्थानीय चुनावबारे छलफल गरेको आयोगले मंगलबार पनि सार्वजनिक दबाव सिर्जना गर्न वक्तव्य जारी गर्दै आग्रहयुक्त ताकेता गरेको छ । तर कानुनमा भएको जटिलताबारे आयोगले समेत सरकारसँग कुनै परामर्श गरेको छैन । यता सरकारसमेत आयोगसँग परामर्शका लागि तयार भएको देखिदैन । फलतः ऐन र संविधान बाँझिएको देखाएर चुनाव नै अन्योलतामा पारिएको छ । यसले ऐन र संविधान बाँझिएका बेला चुनाव कसरी हुन्छ भन्ने गम्भिर प्रश्न उठेको छ ।

स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ३ को(१) मा गाउँ–नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि हुने चुनाव हुनुपर्ने उल्लेख छ । तर संविधानको धारा २२५ले पदावधि पाँच बर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

अहिले यही संविधानको धारालाई बोकेर सत्तागठबन्धन ६ महिनाभित्र चुनाव गर्नसकिने व्यवस्थाको उपभोग गर्न खोजिरहेको छ । यसका लागि ऐनको व्यवस्था नै खारेज गर्नेसम्मको छलफल भइरहेको छ । यसबाहेक संविधानको धारा २२५ का साथै २१५ (६), २१६ (६) र २२० (५) सँग पनि ऐन बाझिएको भन्दै संसोधन गर्ने गरि छलफल भइरहेको छ ।

कानुनका नौ सिंह हुन्छन् भनेजस्तै एकएक छिद्र खोजेर सत्ता गठबन्धन चुनाव सार्ने कोशिसमा रहेका बेला कानुनविज्ञहरु त्यसको आवश्यकता नै नभएको बताउँछन् । दलहरु मिले सहजै चुनाव हुन सक्ने अवस्थामा त्रृटि खोज्नुकानुनी नभई राजनीतिक जटिलता भएको उनीहरु बताउँछन् ।

संविधानको धारा २१५, २१६, र २२० मा पदावधि पाँच वर्षको हुने व्यवस्थास्पष्ट उल्लेख गरेका बेला २२५ मा ६ महिनाभित्र चुनाव गर्न सकिने दोस्रो वाक्य नै ड्राफ्टिङ इरर भएको संविधानविद्हरु बताउँछन् । तर विषय यतिसम्म झाँगिंएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपतिसम्मै पुगेर संविधान संसोधनको प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष

महोत्तरी । महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि

काठमाडौं । सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र

आजको प्रमुख समाचार