अमेरिका र युक्रेनका राष्ट्रपतिबीच वार्ता, रसियाविरुद्ध के निर्णय भयो ?

१४ माघ २०७८, शुक्रबार ०८:३२ मा प्रकाशित

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहो-याएका हुन् ।

युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् ।

जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएका थिए ।

सो अवसरमा बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए । वार्तामा रसियाको दबाबबीच युक्रेनलाई थप आर्थिक सहयोग प्रदान गर्ने विषयमा वासिंगटनले अध्ययन गरिरहेको बाइडेनले बताएका थिए ।

सो अवसरमा युक्रेन तनाब बढिरहेका बेला त्यहाँबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन अमेरिकाले गरेको आह्वानको युक्रेनका राष्ट्रपतिले आलोचना गरेका थिए । त्यसको जबाफमा बाइडेनले अमेरिकी दूतावास खुला रहने र पूर्ण रुपमा काम गर्ने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन् । अस्ट्रियाका

काठमाडौं । फाइजर इन्कले आज ‘स्वस्थ संसारका लागि एक सम्झौता‘ को सुरुवात गरेको छ। यस पहलको उद्देश्य अमेरिका र युरोपेली

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् । उनी सो

आजको प्रमुख समाचार