सहमति विनाको बजेट अस्वीकार गर्न राष्ट्रति समक्ष खनालको आग्रह

२० कार्तिक २०६९, सोमबार १४:०८ मा प्रकाशित

काठमाडौ, २० कात्तिक । एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपति डाक्टर रामबरण यादवसंग भेट गरी सरकारले दलहरुबीच सहमति नगरी ल्याएको बजेट अस्वीकार गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको एक घन्टा लामो भेटमा एमले अध्यक्ष खनालले सहमति बिना ल्याएको बजेट ल्याए असंवैधानिक हुने बताए । उनले विपक्षी दलसँग सहमति नभइ बजेट ल्याउनै नमिल्ने राष्ट्रपतिलाई जानकारी गराएको भेटपछि सञ्चारकर्मीसंग भने ।
भेटमा राष्ट्रपति यादलवले छिटो सहमति गरेर निकास दिन आग्रह गरेका थिए । सहमति नगरी बजेट ल्याउन संवैधानिक व्यवस्था नभएकाले पनि बजेट अस्विकार गर्न आग्रह गरेको भेटपछि अध्यक्ष खनालले जानकारी दिए । राष्ट्रपनि यादवले तिहार अघि नै  सहमतिका लागि  पहल थाल्न खनाललाई आग्रह गरेका थिए ।
राष्ट्रपति रामवरण यादवसँग सोमबार शीतल निवासमा भएको भेटपछि खनालले सहमतिविपरीतको बजेट अस्वीकार गर्ने बताए । ‘संविधान बमोजिम, नियम कानुनबमोजिम बजेट ल्याउँदा हामीसँग सहमति गर्नैपर्छ, भेटपछि संवाददाताहरुसित भने  ।
खनालले एमाओवादी लचिलो नभएसम्म राजनीतिक दजलहरुबीच सहमति हुन नसक्ने बताए । एमाओवादी लचिलो नभएसम्म सहमति हुँदैन, उनले भने, ‘एमाओवादी सत्ता लम्ब्याउन र एकाधिकार जमाउन कोसिस गरिरहेको छ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको भोलिपल्ट खनालले राष्ट्रपति भेटेका हुन् ।
राष्ट्रपति यादवले बजेट र राजनीतिक मुद्दामा सहमति लागि दवाव दिन दलहरुसँगको छलफल जारी राखेका छन् । खनालसँगको भेटपटि राष्ट्रपनि यादवले काङ्ग्रेस सभापति सुशील कोइरालासँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको