सञ्चारमन्त्री राजकिशोर यादवले सत्ताको दुरुपयोग गरेः दत्त

२० कार्तिक २०६९, सोमबार १३:३० मा प्रकाशित

काठमाडौ, २० कात्तिक । मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संस्थापन पक्षले पार्टीबाट निस्कासित सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव सत्ताको दुरुपयोग गरी पैसा र पदको बलमा केन्द्रीय सदस्य खरिद गर्ने षडयन्त्रमा लागेको दावी गरेको छ ।
संस्थापन पक्षले आज पत्रकार सम्मेलन आयोजना गरेर यादव समूहलाई भोलीबाट विरगंजमा गर्न लागेको महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य उपस्थित गरेर देखाउन समेत चुनौति दिए । पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका कार्यबहाक अध्यक्ष नन्दन कुमार दत्तले पार्टीको २२ सदस्य केन्द्रीय सदस्य मध्ये १२ जना एकै ठाँउमा रहेको दावी गर्दै सञ्चारमन्त्री यादवले केन्द्रीय कामिटिमा निर्णय समेत नगराई महाविधेशनको नाटक गरेकोले त्यसलाई बहिस्कार गर्न आग्रह गरे ।
उनले गाँउ, क्षेत्र र जिल्लाको अधिवेशन समेत नभएको अवस्था कुन किसिमको महाधिवेशन गर्न लागेको भनेर आश्चर्य समेत प्रकट गरे । आफूहरुले दुई महिना अघिनै निर्वाचनमा आयोगमा बहुमत सदस्य स शरिर उपस्थित भएर आधिकारिकताको लागी आवेदन दिएको भए पनि आयोगको लापरवाही कारण सञ्चारमन्त्री यादवले पार्टीको नामको दुरुपयोग गर्ने अवसर पाएको दावी गर्दै निर्वाचन आयोगको कमजोर र सत्तामुखी ब्यवहारको आलोचना गरे ।
उनले मधेसी मोर्चाका केही नेताको स्वार्थको कारण यादवले आफ्नो गतिविधी गर्न छुट पाएको दावी गर्दै निर्वाचन आयोगको ब्यवहार र मोर्चाका नेताहरुको स्वार्थ विरुद्ध कार्तिक ३० गतेपछि भण्डाफोर अभियान सहित जनतामा जाने चेतावनी दिए । महासचिव आत्मरामप्रसाद साहले निर्वाचन आयोगको आधिकारिकता विना महाधिवेशन गर्नु नै गैरकानूनी भएको भन्दै त्यस्तो महाविधेशनको भ्रममा नपर्न आब्हान गरे । उनले जेठ १४ गते पछि चार बुँदे सम्झौताको औचित्य सकिएको र आफ्नो पार्टी सरकारमा सहभागी नभएको भन्दै यादवले पार्टी माओवादीलाई बेचेर मधेसको मुद्दाको तिलान्जली दिएको आरोप लगाए ।
उनले अहिले सञ्चारमन्त्री यादवले आफ्नो पक्षमा बहुमत पुर्याउने केन्द्रीय सदस्यहरुलाई पद र पैसाको लालच दिईरहेको दावी गर्दै उनको योजना असफल पारेरै छाड्ने स्पष्ट पारे । दत्त समूहले यसअघि पटक पटक पत्रकार सम्मेलमा बहुमत केन्द्रीय सदस्यलाई ससरिर उपस्थित गराउँदै आफ्नो आधिकारिकताको पुष्टि गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय