सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

१३ माघ २०७८, बिहीबार १५:५५ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् । यो निर्णयले फ्यानसँगै ऐश्वर्याका पिता रजनीकान्त पनि निराश छन् ।

छोरीको निर्णयबाट चिन्तित बनेका रजनीकान्तले अहिले दुवैलाई मिलाउने प्रयास गरिरहेका छन् ।

समाचारअनुसार रजनीकान्तमाथि छोरीको सम्बन्ध विच्छेदले नराम्रो असर परेको छ । उनी लगातार रूपमा ऐश्वर्यालाई सम्झाइरहेका छन् । उनले छोरीलाई सम्बन्ध विच्छेदअघिकै जस्तो जीवन बिताउन आग्रह गरिरहेका छन् ।

यता रजनीकान्त ज्वाइँलाई भेट्ने प्रयास गरिरहेका छन् । यद्यपि धनुषले भने रजनीकान्तसँग भेट्न चाहिरहेका छैनन् । उनी रजनीकान्तसँग दूरी बढाइरहेका छन् । धनुष रजनीकान्तको इज्जत गर्ने र उनको भनाइलाई सहज स्वीकार्ने भएकाले पनि धनुष रजनीकान्तसँग छलफलमा बस्न चाहिरहेका छैनन् ।

धनुषका पिता कस्तुरी राजाले छोराबुहारीको सम्बन्ध विच्छेदकै कारण पारिवारिक झगडा भएको बताएका थिए । ‘यो परिवारबीचको झगडा हो । विवाहित जोडीबीच यस्तो भइरहन्छ’, उनले भनेका थिए ।

धनुष र ऐश्वर्या दुवैको परिवारले सम्बन्ध विच्छेदको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । सम्बन्ध विच्छेदपछि पनि यो जोडी हैदराबादको एक होटलमा बसेका थिए । यद्यपि सम्बन्ध विच्छेदपछि पनि ऐश्वर्याले सामाजिक सञ्जालबाट पतिको नाम हटाएकी छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी शो लकअपबाट चर्चामा आएकी अभिनेत्री पायल रोहतगीले हालै सामाजिक सञ्जालमा कङ्गना राणावतको मजाक उडाएकी छिन् ।

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

आजको प्रमुख समाचार