देउवाले बोलाए पार्टी केन्द्रीय समितिको बैठक

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् भने १३ जनालाई सभापति देउवाले मनोनित गरिसकेका छन् । कांग्रेसको विधान अनुसार ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्न पाउने छन् ।
१३ माघ २०७८, बिहीबार १४:४२ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले केन्द्रीय समितिको बैठक भर्चुअल हुने बताइएको छ । पार्टीको १४ औं महाधिवेशनपछि बस्न लागेको बैठक तेस्रो हो । पार्टीको विधान अनुसार केन्द्रीय समिति १६८ हुने व्यवस्था रहेको छ । हाल १४८ केन्द्रीय सदस्य रहेका छन् ।

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् भने १३ जनालाई सभापति देउवाले मनोनित गरिसकेका छन् । कांग्रेसको विधान अनुसार ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्न पाउने छन् ।

सभापति देउवाले अब थप २० जना केन्द्रीय सदस्य मनोनित गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको

काठमाडौँ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो

रियाद । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको