चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

१३ माघ २०७८, बिहीबार १४:३६ मा प्रकाशित

काठमाडौं । चीनले भारतलाई अरुणाचल प्रदेशका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् ।

मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए । अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्छन् । उनी गत १७ जनवरीदेखि बेपत्ता थिए ।

उनलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए । अपर बेपत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग

काठमाडौं । ककनी गाउँपालिकाले अब काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न सधैंका लागि बन्द गर्ने भएको छ । ककनी गाउँपालिकाको वडा

काठमाडौं । फाइजर इन्कले आज ‘स्वस्थ संसारका लागि एक सम्झौता‘ को सुरुवात गरेको छ। यस पहलको उद्देश्य अमेरिका र युरोपेली

आजको प्रमुख समाचार