मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह

१३ माघ २०७८, बिहीबार १४:०१ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् ।

दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

मौनीले सन् २००७ मा एकता कपूरको प्रसिद्ध सिरियल ‘क्योंकि सास भी कभी बहू थी’बाट करिअर शुरु गरेकी थिइन् । उनले सन् २०१८ मा अक्षय कुमारको जोडी बनेर चलचित्र ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्, उनी दुबईमा बस्दै आएका छन् । विवाहका लागि मौनी सोमबार मुम्बईबाट गोवा पुगेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी शो लकअपबाट चर्चामा आएकी अभिनेत्री पायल रोहतगीले हालै सामाजिक सञ्जालमा कङ्गना राणावतको मजाक उडाएकी छिन् ।

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

आजको प्रमुख समाचार